Aamsanchar

माझी जातिको संस्कृति संरक्षण गर्न वाद्यवादन वितरण

Author Image
आइतवार, भदौ १०, २०८०

रामेछाप : मन्थली नगरपालिकाले माझी जातिको संस्कृति संरक्षण गर्न वाद्यवादन वितरण गरेको छ।

नगरपालिका भित्रका माझी समुदायलाई ढोलक, मादल र झ्याली वितरण गरिएको हो। मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल माझी उत्थान संघ रामेछापले १३ वटा माझी समूहलाई सामग्री वितरण गरेको हो।

नगरपालिका प्रमुख लब श्रेष्ठले माझी समुदायको चाडपर्व तथा पितृ संस्कारमा नभई नहुने वाद्यवादनका सामग्री प्रदान गरिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर