Aamsanchar

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

Author Image
बुधवार, भदौ १३, २०८०

काठमाडौँ : विद्युतीय चुरोट (भेप) मा हालेर ल्याइएकाे  सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुबेर कडायतले थाहाखबरलाई जानकारी दिए। भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा जोडिएका चिनिया व्यापारी दावा लामासँग उनको पटक-पटक फोन सम्पर्क भएको थियो।

उनका बुबा कृष्णबहादुर महरासँग पनि सम्पर्क भएको खुलेको थियो। सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि अर्का आरोपी गणेश पौडेललाई पनि  सुन प्रकरणमा प्रहरीले पक्राउ गरेको छ। सुन प्रकरणमा अहिलेसम्म २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

‘कथित ठूला भनिएका मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्राएल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु, नविराउनु, नडराउनु ‘ राहुललेफेसबुक स्टेटस राखेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर