Aamsanchar

लागूऔषध ओसारपसार गर्ने ट्रान्जिट पोइन्ट बन्दै झापा, दुई युवकलाई पक्राउ

Author Image
बुधवार, भदौ १३, २०८०

झापा : झापा गाउँपालिका पछिल्लो समय प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ओसारपसार गर्ने ट्रान्जिट पोइन्ट बन्दै गइरहेको छ। भारतको बिहारसँग सिमाना जोडिएको यस गाउँपालिकाबाट दिनहुँजसो ब्राउन सुगर प्रयोगकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन्।

यसैक्रममा बुधवार साँझ सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको सशस्त्रको टोलीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- १ का २७ वर्षीय निश्चल सुवेदी र झापा गाउँपालिका- २ स्थित कुवाडीका १९ वर्षीय शिव कामती रहेको सशस्त्र प्रहरीले जनाएको छ।

को ३४ प ७८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा २ ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको जनाइएको छ।  गत आइतबार मात्र सशस्त्र प्रहरीले झापा १ स्थित बेलायतीवारि सीमा इलाकाबाट ५० ग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बू रहेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर