Aamsanchar

बैंकको एटिएम तोडफोड गरेर नगद चोर्ने प्रयास गर्ने पक्राउ

Author Image
बिहिवार, भदौ १४, २०८०

काठमाडौँ –भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमल विनायकमा रहेको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–२ घर भएका पूर्णबहादुर खासु छन् ।२४ वर्षीय खासुले कमल विनायकस्थित नबिल बैंकको एटिएम तोडफोड गरेर नगद चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । बिहीबार बिहान पौने ३ बजेतिर मार्तोल र फलामे रडसहित उनी पक्राउ परेका हुन् । आरोपितबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर