Aamsanchar

कनकाई नदीले बगाउँदा २३ वर्षीय युवक बेपत्ता

Author Image
शुक्रवार, भदौ १५, २०८०

झापा – कनकाई नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । झापा शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई नदीमा माछा मार्न जाँदा कनकाई नगरपालिका –४ त्रिवेणी टोल निवासी २३ वर्षीय सविन श्रेष्ठ बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका हुन् ।उनी डुबेको उनका साथीहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । श्रेष्ठ सोही ठाउँका भूपाल मगर, अमृत मगर, राम भुजेललगायतका साथीहरूसँग माछा मार्न गएका थिए ।

हिजो दिउँसोदेखि खोजी गर्दा नभेटिएको र आज बिहानदेखि पुनः खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आज बिहान विपद्को टोली खोजी कार्यका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)