



गोरखा – गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
शंकास्पद वस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेको उनले बताए ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेर सुरक्षा घेरा दिएको छ। केही समयमा नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गर्ने तयारी गरिरहेको एसपी श्रेष्ठले बताए ।

सडकमा शंकास्पद वस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुँदै चल्ने सबै सवारी साधन बन्द रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 20