Aamsanchar

ताप्लेजुङ सदरमुकाम फुङलिङमा रोपाइँ जात्रा

Author Image
शनिवार, भदौ १६, २०८०

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङमा रोपाइँ जात्रा निकालिएको छ ।

नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले रोपाइँ जात्रा निकालेको हो ।

नेवार संस्कृतिमा आधारित रोपाइँ जात्रामा यहाँका विभिन्न जातजाती तथा समुदायका मानिसको सहभागिता रहेको थियो । वर्षेनी निकालिने यो जात्रा ताप्लेजुङमा सबै जातजाती तथा समुदायको उत्सबका रुपमा मनाउने गरेका छन् ।

नेवार, लिम्बू र गुरुङ समुदायले आ– आफ्नो भेषभुषा अनुसार जात्रा निकालेका थिए । यस्तै धान रोपाइँ नाँचमा समेत विभिन्न समुदायका मानिसहरु आफ्नो परम्परागत भेषभुषा पहिरिएर सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर