Aamsanchar

पाँचथरको थकेपुङमा प्रहरी चौकी स्थापना

Author Image
आइतवार, भदौ १७, २०८०

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका केन्द्र थकेपुङमा प्रहरी चौकी स्थापना भएको छ ।

यहाँका जनप्रतिनिधिले २०७५ सालमा मतदान प्रक्रियामार्फत गाउँपालिकाको केन्द्र निर्धारण गरेका थिए ।केन्द्र स्थापना भएको ५ वर्षपछि बल्ल प्रहरी चौकी स्थापना भएको हो ।

गाउँपालिका प्रशासनिक भवनसँगै स्थापना गरिएको प्रहरी चौकीको उद्घाटन प्रमुख अतिथिको आसनबाट गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले प्रमुख अतिथिको आशनबाट उद्घाटन गरे ।

भवन उद्घाटन कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, जिल्ला प्रहरी कार्यालय पाँचथरा प्रमुख हरि खतिवडा, सशस्त्र प्रहरी नायब उपरीक्षक हरि सर्मा, रणशेर गणका प्रमुख दिलिप राउत र नेपाली कांग्रेसका नेता नरेन्द्रकुमार केरुङले प्रहरी चौकी स्थापनापछि शान्ति सुरक्षा मजबुत हुने विश्वास व्यक्त गरे ।

प्रत्येक स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सरकारी नीति अनुसार थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (प्रहरी नायब उपरीक्षक) हरि खतिवडाले जनाए ।चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी रहने उनको भनाइ छ ।

यसअघि यहाँ प्रहरी चौकी थिएन । जहाँ ५ किलोमिटर टाढा रहेको मच्छेवुङका प्रहरीले सुरक्षा दिँदै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर