Aamsanchar

चरिकोट–सिंगटी सडक अवरुद्ध

Author Image
सोमवार, भदौ १८, २०८०

दोलखा : पहिरोले दोलखाको उत्तरी क्षेत्र जोड्ने मुख्य चरिकोट–सिंगटी सडक अवरुद्ध भएको छ।

कालिञ्चोक गाउँपालिका–४ चपलेटीमा पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध बनेपछि सिंगटी लगायतको क्षेत्रमा चल्ने सार्वजनिक यातायातसहित ढुवानी र बिरामी बोकेका एम्बुलेन्स प्रभावित बनेका छन्। पहिरोले अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)