Aamsanchar

काठमाडौँमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

Author Image
बुधवार, भदौ २०, २०८०

काठमाडौँ – मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घलेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२-०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौँकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२-०२२ प ४४ ५४ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन परेको थियो । उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा  थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर