Aamsanchar

एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित एक जना पक्राउ

Author Image
शुक्रवार, भदौ २२, २०८०

काठमाण्डाै – काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाण्डाै नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नाेटको कारोबार गरिरहेकाे अवस्थामा पक्राउ गरेकाे जानकारी दिनुभयाे । थापाकाे साथबाट एक लाख  (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएकाे उहाँले बताउनु भयाे ।

उहाँका अनुसार पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाै पठाइएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)