काठमाडौँ – सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’लाई दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका घर भएका २२ वर्षीय सुसन घिमिरे छन् ।इन्स्टामा विकास राना नामका व्यक्तिसँग कुरा गरेर आफु युकेमा भएको र औंठी गिफ्ट पठाउने बहानामा घिमिरेले ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।अनलााइनमार्फत सामान अर्डर गरेर बैंक खातामा रकम पठाउँछु भन्दै घिमिरेले खातामा रकम पठाएको झुटो रिसिप्ट पठाएर ठगी गरेका हुन् । उनले १० लाख ९५ हजार ५ सय रकम ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको एसपी रेग्मीले बताए ।