Aamsanchar

झापामा कार्यरत चार जना कर्मचारी निजामती सेवा दिवसको अवसरमा पुरस्कृत

Author Image
शुक्रवार, भदौ २२, २०८०

झापा- झापामा कार्यरत चार जना कर्मचारी निजामती सेवा दिवसको अवसरमा पुरस्कृत भएका छन् । निजामती सेवा दिवसको अवसरमा उनीहरूलाई शुक्रबार भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

निजामती सेवा दिवस मूल समारोह समितिले प्रादेशिक अस्पताल भद्रपुरका निमित्त सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ जेनेरल सर्जन डा। रामबाबु खड्का, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालय झापाका कम्प्युटर अपरेटर होमनाथ गौतम र गौरीगञ्ज गाउँपालिकाका वडा सचिव एजिना भट्टराईलाई पुरस्कृत गरेका हुन् । उनीहरूलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

जिल्लामा कार्यरत कर्मचारीहरूमध्ये कार्यसम्पादन र लगनशीलताका आधारमा उनीहरूलाई पुरस्कृत गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर