



दैलेख : जिल्लाको गुराँस गाउँपालिका–४ जिरोपोईन्ट स्थित सुर्खेत–दैलेख सडक खण्डमा आज (आइतबार) बिहान ट्रक दुर्घटना हुँदा तिनजना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ क २१०७ नम्बर ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा दैलेखको नारायण नगरपालिका–४ बस्ने २७ वर्षीय जगतजङ्ग कटुवाल, सोही ठाउँ बस्ने ३५ वर्षीय राजन शर्मा र ४० वर्षीय गणेश शर्मा घाइते भएका हुन्।
दुर्घटनामा परि गम्भीर घाइते हुनेमा ट्रक चालक ४० वर्षीय गणेश शर्मा र सह चालक ३५ वर्षीय राजन शर्मा रहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

ट्रक सुर्खेतबाट खुद्रा सामान लोड गरी दैलेख आउँदै गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका तिनै जनालाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरी प्रमुख लम्सालले जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 30