Aamsanchar

विराटनगरबाट भारतीय साढे १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

Author Image
आइतवार, भदौ २४, २०८०

विराटनगर  – विराटनगरबाट भारतीय साढे १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो ।

विराटनगर–१६ बाट आइतबार पक्राउ परेका उनको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ बरामद भएको छ ।

शंका लागेर प्रहरीले झोला चेकजाँच गर्दा ५०० दरका भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । नेपालमा ५०० दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

थप अनुसन्धानको लागि पक्राउ परेका यादव र नगद राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने डीएसपी दाहालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर