बैतडी : रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका –१ कुँडका २८ वर्षीय सुरेन्द्र साउँदको मृत्यु भएको छ।
गएको पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको मंगलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए।
कोठामै एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। परिवारसहित दिल्लीमा बस्दै आएका साउँदका एक छोरी र श्रीमती रहेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 24