Aamsanchar

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Author Image
बुधवार, भदौ २७, २०८०

बागलुङ – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका–३ बस्ने ३४ वर्षीय  नारायण दर्जी रहेका छन् ।

दर्जीलाई बागलुङ जिल्ला अदालतले जबरजस्ती करणी कसुर मुद्दामा २०७९ साल माघ १५ गते २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरी लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव  उपरीक्षक मदन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर