Aamsanchar

मोरङको उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयाे

Author Image
बुधवार, भदौ २७, २०८०

विराटनगर – पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५/७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । बसले बिहान ५:३५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शव सोही अस्पतालमा राखिको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर