



दाङ – इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैसँग नझुक्ने बताउनुभयो ।
केही दिन अघि सरुवा भएर आउनु भएका डीएसपी पोखरेलले बुधबार सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा कसैको प्रभावमा परेर काम नगर्ने बताउनुभयो ।
अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उहाँले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचनासहितको सुझाव दिन आग्रह गर्नुभयो ।

सो अवसरमा पत्रकारहरूले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुनुपर्ने भन्दै अनुसन्धानमा बाधा नपुग्ने हरेक खालका सूचना समयमै उपलब्ध गराउन सुझाव दिएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 43