Aamsanchar

तीन जना नेपाली युवा भारतीय प्रहरीको नियन्त्रणमा

Author Image
बिहिवार, भदौ २८, २०८०

बझाङ – चोरीको नगद र गरगहनासहित नेपाल प्रवेश गर्न लागेका तीन जना पक्राउ परेका छन्। भारतबाट ६१ हजार नगद र १७ लाख भारतीय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर बझाङ आउँदै गरेका उनीहरू गौरीफन्टा नाकाबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र ३४ वर्षीय किरण खड्का छन‍्। उनीहरूलाई नेपाल प्रवेश गर्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले भारतको कर्नाटकको एक न्यायाधीशको घरमा काम गर्दै आएका थिए। काम गर्ने क्रममा नगद र गरगहना छ भन्ने अनुमान गरी योजनाबद्ध तरिकाले चोरी गरेको बताइएको छ। उनीहरूलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको भारतीय प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर