Aamsanchar

राप्ती सोनारीमा बम विस्फोट हुँदा पूर्व–पश्चिम राजमार्गमा क्ष्यति

Author Image
आइतवार, भदौ ३१, २०८०

काठमाडौं – बाँकेमा बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित सडकमा बम विस्फोट भएको हो ।

विस्फोट भएको उक्त बम द्वन्द्वकालमा राखिएको आशंका गरिएको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड भत्किएको छ ।प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।

‘घटना रातिको हो । सडकखण्ड छेउछाउका कसैले पनि चाल पाएका रहेनछन् । पछि खाल्डो परेको देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुराना तारहरू र केही पदार्थ भेटिएका छन् । ती द्वन्द्वकालको जस्तो देखिन्छ,’ डीआईजी जोशीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर