



दैलेख-सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीया कल्पना शाही रहेकी छन्।आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । उनका दाइ निराजनका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए।भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 44