Aamsanchar

जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पक्राउ

Author Image
मङ्गलवार, असोज २, २०८०

काठमाडौँ – वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ गरेका छन् ।दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर