Aamsanchar

पोखरीमा डुबेर ८ वर्षीय बालकको ज्यान गयाे

Author Image
बुधवार, असोज ३, २०८०

सप्तरी – सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।

उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर