Aamsanchar

वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको चार वटा ट्रकबाट ७७ लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद

Author Image
बिहिवार, असोज ४, २०८०


काठमाडौँ – प्रहरीले बाराबाट ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ । चार वटा ट्रकबाट ७७ लाख २७ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए ।३ वटा ट्रक भन्सार छलीको सामान लिएर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडबाट महोत्तरी जाँदै गरेको बा।२१ च ८९९७ नम्बरको पिकअपलाई अनलाइन बिल नभएका पाँच लाख बराबरका ५ ओटा गाई सहित नियन्त्रणमा लिइएको छ । वीरगन्जबाट आएका ट्रकमा भारतबाट आयात गरिएको सामान भेटिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर