




लमजुङ – लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भई कामको सिलसिलामा बेसीसहर-८ शेरामा बस्दै आएका २३ वर्षीय मनिष श्रेष्ठ रहेका छन् ।
गएराति पौने १२ बजे श्रेष्ठले चलाएको ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल बेसीसहर नपा-७ गैरीधारा नजिकै रोकिरहेको ग २ त ३८४२ नम्बरको टयाक्टरमा ठोक्किँदा उनी सिकिस्त घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि लमजुङ अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा रातको १२ स् २० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 25