Aamsanchar

रोल्पाबाट दाङका लागि छुटेको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृ*त्यु

Author Image
सोमवार, असोज ८, २०८०

तुलसीपुर – सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका–३, चोरखोलानजिक सेतापैरामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

जीप सडकबाट साढे ३०० मिटर तल खसेको थियो । दुर्घटनामा एकजना घाइते भएका छन् । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर