Aamsanchar

३० जनालाई टर्की पठाइदिन्छु भन्दै १ करोड १५ लाख ठगी गर्ने एक महिला पक्राउ

Author Image
मङ्गलवार, असोज ९, २०८०

काठमाडौँ – वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन् ।भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए । भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले भुजेललाई आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर