




अछाम – अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका–७ निवासी २५ वर्षीया मंगली थापाको बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएको थियो । थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 19