Aamsanchar

त्रिभुवन विमानस्थलबाट करिब तीन किलो सुनसहित एक महिला पक्राउ

Author Image
शनिवार, असोज १३, २०८०

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

उनले भने,‘बरामद भएको सुन झण्डै तीन किलो छ। दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी हुन्। थप अनुसन्धान भइरहेको छ, विस्तृत विवरण केही समयपछि आउँछ। ’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)