Aamsanchar

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

Author Image
आइतवार, असोज १४, २०८०

मोरङ- बिराटनगर महानगरपालिका-१५ बाट ठुलो परीणामको प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय बिश्व राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले नेपालमा प्रतिवन्धित लागूऔषध डाइजेपाम – ८० एम्पुल, फेनारगन – ६० एम्पुल, एिभल – ८२ एम्पुल, र लुपिजेसिक – ८० एम्पुल गरी जम्मा ३०२ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका राईको सम्ब्नधमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर