Aamsanchar

फुस्रे खोलामा १४ बर्षिय किशोरकाे शव फेला

Author Image
आइतवार, असोज १४, २०८०

पर्वत – कास्कीको पोखरा महानगरपालिका–१७ फुस्रे खोलामा करिब १४ वर्षीय किशोर फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बि.क.का अनुसार शनिवार दिउसो एक पुरुषको शव खोलामा अड्किएको अवस्थामा रहेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक सहित गएको प्रहरीको टोलीले शवको उद्धार गरेर गण्डकी हस्पिटलमा राखेको छ।

अनुसन्धान गर्दै जाँदा मृतक व्यक्ति पोखरा महानगरपालिका–१७ विरौटा हनुमान टोल बस्ने वर्ष १४ वर्षीय क्षितिज बस्याल रहेको खुलेको छ। बस्यालका बुबा र आमा दुवै जना विदेश रहेकाले ठुली आमासँग बस्दै आएको खुलेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर