Aamsanchar

नक्कली नोटसहित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका युवक पक्राउ

Author Image
आइतवार, असोज १४, २०८०

विराटनगर – विराटनगर महानगरपालिका–६ मा संचालित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका युवकलाई प्रहरीले नक्कली भारतिय नोट सहित पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ घर भएका ३४ वर्षीय ईशान अन्सारी छन् ।  पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोट बरामद गरेको छ । उनले भाटभटेनीमा १ हजार ६ सय बराबरको सामान खरिद गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अन्सारीले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारपनि बरामद गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर