वीरगन्ज- घन्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घन्टाघर क्षेत्रबाटै पक्राउ गरेको हो।
सिसिटिभीमा कैद भएको दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
पक्राउ परेका उनीहरूविरूद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।
वीरगन्जले घन्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती तोडफोड तथा चोरी भएको थियो।