Aamsanchar

मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल बगायाे

Author Image
बुधवार, असोज १७, २०८०

सिन्धुपाल्चोक – लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्‍याएको छ। बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्‍याएको हो।

पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्काल मर्मत थाल्ने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए।

त्यस्तै बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर