Aamsanchar

४ करोड रुपैयाँ हिनामिना गर्ने देउराली सहकारीका सञ्चालक पक्राउ

Author Image
बिहिवार, असोज १८, २०८०

काठमाण्डौ – बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ ।

ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा छन् । बचतकर्ताले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीलाई लामो समयदेखि आग्रह गरे पनि निक्षेप तथा ब्याज रकम उपलब्ध गराइदिनेतर्फ कुनै पहल नभएको पाइएको सीआईबीले जनाएको छ ।

रवीन्द्र चौलागाईं लगायतले बचतकर्ताको अहिलेसम्मको प्राप्त जाहेरीअनुसार चार करोड ४९ लाख ९९ सय हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको प्रहरीले जनाएको छ । देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर