Aamsanchar

विदुर नगरपालिकाका मेयरले दिए विद्यार्थीलाई पोशाक

Author Image
शुक्रवार, असोज १९, २०८०

नुवाकोट – आफ्नो सेवा सुविधाबाट खरिद गरी नुवाकोटको विदुर नगरपालिकाका मेयरले विद्यार्थीलाई पोशाक उपलब्ध गराएका छन्।

विदुर नगरपालिका–२ बट्टारस्थित सामुदायिक विद्यालय भीमसेन माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई मेयर राजन श्रेष्ठले आफूले पाउने तलब भत्ता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठले व्यक्तिगत खर्चमा पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका २ सय ८० जना विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेका हुन्।

मेयर श्रेष्ठले आफूलाई सरकारले दिएको सेवा सुविधालाई गरिब विद्यार्थीका लागि खर्चन पाउँदा खुसी लागेको बताए।

आफूले प्राप्त गरेको सेवा सुविधाको रकम जनताकै करको रकम भएकाले विदुरवासीलाई नै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। यसबाट विद्यार्थीहरूलाई निकै सुविधा पुगेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर