




विराटनगर – पत्नीको हत्यामा संलग्न एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरी रहेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र कुटपिट गरेर पत्नी ३० वर्षीया जितनी सहनीको हत्या गरेका थिए। टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरमा कुटपिट गरेको चोट रहेको अवस्थामा जितनीको शव घरभित्रै फेला परेको थियो।
घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरिएको डीएसपी दाहालले बताए। उनका अनुसार घरायसी विवादमा उपेनले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उपेनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दाहालले दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 41