Aamsanchar

बझाङमा भूकम्पको धक्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते

Author Image
शनिवार, असोज २०, २०८०

बझाङ – मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आएको भूकम्पको धक्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते भएका छन् । शनिबार बिहान ११:४५ मा भूकम्प आउँदा घर छाएको स्लेट खसेको र आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन् ।

उनको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा – ४ का वडा अध्यक्ष उत्तम जोशीले बताए

उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ ।

बझाङमा शनिबार बिहान ११:४५ बजे भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्प धक्का महशुस भएको थियो भने दिउँसो १२:३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको थियो ।

गत मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यस यता निरुन्तर बझाङमा कम्पन भइरहेको छ । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २१ पुगेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर