




काठमाडौं – सेती नदीमा नुहाउने क्रममा डोटीका दुई बालबालिका बेपत्ता भएका छन्। दिपायलस्थित सेती पुलनजिकै नुहाउने क्रममा दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाकी ८ वर्षकी खुसी प्रजापती र ४ वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।
आज दिउँसो करिब पौने १२ बजेदेखि बेपत्ता उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीसहित स्थानीय खटिएको एसपी कोइरालाले बताए। स्थानीय सुवास प्रजापतिका छोरीतर्फका नाति सिद्धार्थ र छोरातर्फका नातिनी खुसी बेपत्ता भएका प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 68