Aamsanchar

प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गर्याे

Author Image
शनिवार, असोज २०, २०८०

रौतहट – रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जनाएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले नजिकिँदै गरेको दसैंको अवसरमा अवैध रुपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न समेत टोली परिचालन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर