Aamsanchar

चीनको सिसापाङ्मा हिमालमा हिमपहिरो : १ नेपालीसहित २ जनाको ज्यान गयो

Author Image
आइतवार, असोज २१, २०८०

काठमाण्डौ – चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।

सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार छ सय मिटरमाथि हिमपहिरो गएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर