




काठमाडौं – परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृत्यु भएका नेपािलीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको हो।
शव पहिचान गरी तत्काल नेपाल ल्याउन र घाइतेको उद्धार र उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध गरिसकेको पनि मन्त्रालयले बताएको छ ।
परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्रको गठन भएको र त्यसले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो। एकजना सम्पर्कविहीन छन्। दुई सिकिस्त रहेको र चारजना सुरक्षित रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67