Aamsanchar

पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु

Author Image
सोमवार, असोज २२, २०८०

प्रतिकात्मक तस्बिर

काठमाडौं – जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो। उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो।

आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर