Aamsanchar

१५ वर्षीया किशोरीलाई बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

Author Image
सोमवार, असोज २२, २०८०

रौतहट – रौतहटमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको गुजरा नगरपालिका–५ का नासिर इमामलाई प्रहरीले पक्राउ गरेको हो।

गजरा नगरपालिका वडा नं–५ कै हरिहरपुर घर भएकी १५ वर्षीया किशोरीलाई इमामले गुजरा नगरपालिका वडा नं–१ मा रहेको इँटाभट्टामा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले उनलाई शनिबार नै पक्राउ गरेको छ। आइतबार जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरेर अनुसन्धान आघि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

पीडित किशोरीका परिवारको जाहेरीका आधारमा प्रहरीले अदालत सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर