




काठमाडौँ – विश्व शेर्पा संघको दोस्रो महाधिवेशनबाट भारतका थेण्डुप शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, उपाध्यक्षद्वयमा नाम्ग्याल पी शेर्पा र गेल्मु शेर्पालाई चयन गरेको हो ।
त्यस्तै, महासचिवमा आङजाङबु शेर्पा, सचिवमा टी. टी.शेर्पा, सहसचिवमा दावा कर्मा शेर्पा र कोषाध्यक्षमा नुर्बु शेर्पा लगायतको पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष ई. आङ दोर्जी लामा शेर्पाले जानकारी दिए ।

पूर्वमन्त्री आङ छिरिङ शेर्पाको नेतृत्वमा गठन भएको अध्यक्ष मण्डलले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको थियो । उद्घाटन, दोस्रो र तेस्रो गरी तीन चरणमा विभाजन गरी भएको कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 52