Aamsanchar

इजरायल घटना : आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम

Author Image
सोमवार, असोज २२, २०८०

ढल्केवर-इजरायलको किबुज अलुमिममा बिद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ ।

शवको माग गर्दै आक्रोशित स्थानीयवासीले सोमबार बिहान ९ बजेदेखि ढल्केवर–जनकपुर सडकखण्डको सपही चोकमा चक्काजाम गरेका छन् । स्थानीयवासीले मोटरसाइकल र एम्बुलेन्सलगायत अति आवश्यक सावरीबाहेक अरु सवारी चल्न दिएका छैनन् ।

स्थानीयका अनुसार इजरायलमा बिद्रोही समूको आक्रमबाट मृत्यु भएका साहको शव ल्याउन नेपाल सरकारसँग माग गर्दै चक्काजाम गरिएको बताउनुभयो । उहाँहरुले शव ल्याउने निश्चित नभएसम्म चक्काजाम नखोलिने जानकारी दिनुभयो ।

इजरायलमा शनिवार भएको आतंककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्ये साह समेतको निधन भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गर्नुभयो । मृतक साह गत भदौ २६ गते कृषिसम्बन्धी तालिम लिनका लागि इजराइल जानुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर