काठमाण्डौ – इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ´इन्टर्न`मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।
*यसअघि राष्ट्रिय शोकको घोषणा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 92