




काठमाडौं – काठमाडौं महानगरपालिकामा कुकुर–बिरालो व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ। महानगर प्रमुख बालेन साहले सामुदायिक कुकुर र बिरालोको संख्या सीमित पारेर बस्न र बाँच्न पाउने उनीहरूको अधिकार सुरक्षित गर्न लागेको जानकारी दिए।
साहले मंगलवारदेखि ९ वटा वडामा एकैसाथ बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए। ‘३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘९ वडा हुँदै हामी ३२ वडा पुग्नेछौँ।’

महानगरले जारी गरेको कुकुर–बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाउने उनले जनाए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 26