Aamsanchar

अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गयाे

Author Image
मङ्गलवार, असोज २३, २०८०

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छोरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेका छन् ।

सुस्मिताको आइतवार बेलुकी र निर्जलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजो सोमवार ज्यान गएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर घाइते हुनुभएको प्रमुख बस्नेत बताउनुभयो ।

दुई नातिनीसँगै गाईगोरु लिएर धाउनीमा रहेको खेतमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङ्गालले चिलेको बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर